एनपिएल खेलाडी अक्सन साउन २४ गते गरिने, ४५८ जनाले गराए नाम दर्ता
काठमाडाैं | साउन १०, २०८२
काठमाडौं: दोस्रो सँस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी अक्सन यही साउन २४ गते हुने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार विज्ञप्ती जारी गर्दै एनपिएलको अक्सनको मिति उल्लेख गरेको हो ।
क्यानकाअनुसार असार २८ देखि साउन ६ गतेसम्म खुला भएको खेलाडी रजिस्ट्रेसनमा पाँच सय ५८ खेलाडीले नाम दर्ता गराएका छन् । दर्ता भएका सबै खेलाडीको नाम एनपिएलका आठवटै फ्रेन्चाइज टोलीलाई पठाइएको क्यानले जनाएको छ ।
एनपिएलमा सहभागी टोलीले इच्छाएको तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेर अक्सनमा सहभागी खेलाडीको अन्तिम सुची केही दिनमा सार्वजनिक गरिने पनि क्यानले जनाएको छ । दोस्रो संस्करणको एनपिएल आगामी नोभेम्बर डिसेम्बर महिनामा हुनेछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

